माओवादी नेता वर्षमान पुन उपचारका लागि आज चीन जाँदै
काठमाडौं, १६ मंसिर । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुन उपचारको लागि चीन जाने भएका छन् । उनी आज फलोअपको लागि चीन जान लागेका हुन् । पुन लामो समयदेखि जण्डिसबाट पीडित छन् ।
यसअघि उनी लामो समय थाइल्याण्ड र चीन उपचार गराएर नेपाल फर्किएका थिए। यो बीचमा चुनावको धपेडीको कारण पनि उनलाई जण्डिसले सताएको पारिवारिक स्रोतले जनाएको छ ।
यसअघि उनले चीनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पतालमा उपचार गराएका थिए । पुनसँगै श्रीमती ओनसरी घर्ती र छोरी शिला पनि जाने भएका छन् ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]