एशोसिएशन अफ स्पाइन सर्जन अफ नेपालमा नयाँ कार्यसमिति, अध्यक्षमा डा. विनोद बिजुक्छे

काठमाडौँ, २७ कात्तिक । एशोसिएशन अफ स्पाइन सर्जन अफ नेपालको अध्यक्षमा डा विनोद बिजुक्छे निर्वाचित भएका छन् । गए राति सम्पन्न आठौँ महाधिवेशन तथा निर्वाचनले डा बिजुक्छेको अध्यक्षतामा नौ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो ।

उनी यसअघि कार्यसमितिको उपाध्यक्ष थिए । उनी ग्राण्डी अस्पतालका मेडिकल डाइरेक्टर हुन् ।

यस्तै एशोसिएशनको उपाध्यक्षमा डा. व्यापक पौडेल निर्वाचित भएका छन् । उनी पनि ग्राण्डी अस्पतालमा आवद्ध छन् ।

महासचिवमा डा. सुरज बज्राचार्य निर्वाचित भएका छन् । उनी किष्ट मेडिकल कलेजमा आवद्ध छन् । यस्तै चिकित्सा विज्ञान राष्टिय प्रतिष्ठान (न्याम्स)मा कार्यरत डा ज्ञानेन्द्र शाह उपमहासचिव र बीएण्डबी अस्पतालमा कार्यरत डा राजेशकुमार चौधरी कोषाध्यक्षमा निर्वाचित भएका छन् ।

यस्तै चार सदस्यमा डा दीपक काउछा (बीएण्डबी अस्पताल), डा सुशील श्रेष्ठ (बीर अस्पताल), डा अनुप पोखरेल (झापां) र डा सुवासचन्द्र झा (नोवेल मेडिकल कलेज बिराटनगर) निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत डा गणेश गुरुङले जानकारी दिए ।

नेपालमा स्पाइन सर्जरीको विकास गर्ने उद्देश्यका साथ सन् २०१२ मा स्थापना भएको उक्त एशोसिएशनमा हाल देशभरका ८१ स्पाइन डाक्टर सदस्य छन् ।

उक्त एशोसिएशनले स्पाइन सर्जरी उत्तीर्ण विद्यार्थीलाई तालिम प्रदान गर्ने, विश्वका अन्य मुलुकका स्पाइन सर्जरीका सङ्घसंस्थासँगको सहकार्यमा नेपालका विभिन्न अस्पतालमा स्पाइन सर्जरीसम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

 

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *