अफ्रिकी मुलुक मलावीमा हैजाबाट २०० जनाको मृत्यु

72
Shares

एजेन्सी । अफ्रिकी देश मलावीमा फैलिएको हैजाबाट २०० जनाको मृत्यु भएको छ । गत मार्च यता देखिएको हैजा सेम्टेम्बर यता उच्च विन्दुमा पुगेको थियो । तर पछिल्लो एक महिना यता संक्रमण घट्दो क्रममा रहेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

गरिब दक्षिणी अफ्रिकी देशमा मार्च यता ७ हजार ४९९ जनामा संक्रमण देखिएको उल्लेख गरेको छ । राष्ट्रसंघले यसलाई राष्ट्रलाई प्रभावित गर्ने १० वर्ष यताकै सबैभन्दा ठूलो प्रकोप भएको जनाएको छ ।

त्यहाँको स्वास्थ्य मन्त्रालयले मंगलबार मात्रै १७४ जना हैजाका नयाँ बिरामी फेला परेको जनाएको छ । अक्टोबरको तेस्रो हप्तामा दैनिक २०० भन्दा बढीमा संक्रमण देखिएको थियो ।

 

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *