अफ्रिकी मुलुक मलावीमा हैजाबाट २०० जनाको मृत्यु

एजेन्सी । अफ्रिकी देश मलावीमा फैलिएको हैजाबाट २०० जनाको मृत्यु भएको छ । गत मार्च यता देखिएको हैजा सेम्टेम्बर यता उच्च विन्दुमा पुगेको थियो । तर पछिल्लो एक महिना यता संक्रमण घट्दो क्रममा रहेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

गरिब दक्षिणी अफ्रिकी देशमा मार्च यता ७ हजार ४९९ जनामा संक्रमण देखिएको उल्लेख गरेको छ । राष्ट्रसंघले यसलाई राष्ट्रलाई प्रभावित गर्ने १० वर्ष यताकै सबैभन्दा ठूलो प्रकोप भएको जनाएको छ ।

त्यहाँको स्वास्थ्य मन्त्रालयले मंगलबार मात्रै १७४ जना हैजाका नयाँ बिरामी फेला परेको जनाएको छ । अक्टोबरको तेस्रो हप्तामा दैनिक २०० भन्दा बढीमा संक्रमण देखिएको थियो ।

 

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *