फार्मासिस्ट तर्फको लाइसेन्स परीक्षामा ३४ प्रतिशत मात्रै उत्तीर्ण

688
Shares

काठमाडौँ, ५ कात्तिक । नेपाल फार्मेसी परिषद्को २० औँ नाम दर्ता (लाइसेन्स) परीक्षामा ३५ दशमलव ४ प्रतिशत परीक्षार्थी मात्र उत्तीर्ण भएका छन् ।

परिषद्ले शनिबार लिएको फर्मासिस्ट तर्फको लाइसेन्स परीक्षामा उपस्थित ७४७ मध्ये ३५ दशमलव ४ प्रतिशत अर्थात् २६४ परीक्षार्थी मात्र उत्तीर्ण भएका हुन्।

परीक्षाका लागि कुल ७९६ निवेदन परेको थियो।

परिषद्ले पहिलो पटक बायोमेट्रिक प्रणालीबाट परीक्षा लिएको थियो। गलत व्यक्तिको प्रवेश रोक्न र र थप प्रभावकारी बनाउन बायोमेट्रिक प्रणालीबाट परीक्षा लिएको परिषद्का रजिष्ट्रार सञ्जिव कुमार पाण्डेयले बताए।

परीक्षा विहान १० बजे देखि सानोभर्याङस्थित नेपाल सेनाको स्वास्थ्य विज्ञान संस्थानमा भएको हो ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *