भारतीय कम्पनी ‘सीरम’ले मौज्दात राखेको १० करोड डोज कोभिडविरुद्धको खोपको म्याद गुज्रियो

नयाँदिल्ली । भारतीय खोप निर्माता कम्पनी सीरम इन्स्टिच्युट अफ इन्डियाले कोभिड-१९ विरुद्धको १० करोड डोज खोप ‘डम्प’ गर्नुपर्ने बताएको छ । सीरमले बनेर भण्डारण गरिएका खोपको म्याद सकिएका कारण ‘डम्प’ गर्नु पर्ने भएको बताएको छ ।

कोभिड -१९ को प्रभाव कम हुँदै जाँदा खोपको माग समेत कम हुँदै गएको थियो । सीरमले गतवर्ष डिसेम्बरबाट नै कोभिडविरुद्धको खोप कोभिसिल्ड उत्पादन बन्द गरेको सीईओ अदार पूनावालाले बताए ।

विश्वकै सबैभन्दा ठूलो खोप निर्माता कम्पनी सीरमले एस्ट्राजेनेकाको स्थानीय संस्करण भ्याक्स्जेभिरा डोज बनाइरहेको छ ।

उसले बनाएको कोभिसिल्डले भारतको दिईने कुल डोजको ९० प्रतिशत बढी हिस्सा ओगटेको जनाइएको छ ।

भारतले कोभिड- १९ विरुद्धको २ अर्व डोज खोप लिएको थियो । संघीय स्वास्थ्य मन्त्रालयका अनुसार भारतीय जनसंख्याको ७० प्रतिशत बढीले कम्तीमा दुई डोज कोभिडविरुद्धको खोप लिएका छन् ।

गत जनवरीमा भारतले सवस्थ्य सेवा र अग्रपंक्तिमा काम गर्ने कामदारहरु र ६० वर्ष भन्दा माथिका दीर्घरोगीहरुलाई बुस्टर डोज समेत दिन थालेको थियो । पछि बुस्टर डोज सबै बयस्क नागरिकलाई दिइएको थियो ।

अहिलेसम्म भारतले २९ करोड ८० लाख बुस्टर डोज खपत गरेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

‘बुस्टर खोपहरुको कुनै माग छैन् किनकी अहिले मानिसहरु कोभिडबाट वाक्क भएका छन्,’ सीईओ पुनावालाले भने, ‘साच्चिकै भन्नुपर्दा म पनि वाक्क भएको छु हामीसबै वाक्क दिक्क छौँ ।’

उनले भने, ‘सीरमसंग १० करोड डोज खोप मौज्दातमा थियो । जसको म्याद समाप्त हुने अवधी ९ महिनाको मात्रै थियो । गत सेप्टेम्बरमा म्याद समाप्त भयो र सबै खोप डम्प गर्नु परयो ।’

उनले पश्चिमा देशहरुले प्रत्येक वर्ष सिजनल फ्लुको खोप लिदा कोभिडविरुद्धको खोप पनि लिनसक्ने उल्लेख गर्दै भने ‘तर, भारतमा त्यस्तो संस्कृतिको विकास भएको छैन् ।’

यसैबीच सीरमले बुस्टर डोजको रुपमा कोभिड भ्याक्सिन कोभोभ्याक्सको लागि परीक्षण पुरा गरेको बताएको छ । कम्पनीले आगामी दुई साता भित्र स्वीकृति पाउने समेत अपेक्षा गरेको छ ।

कोभोभ्याक्सले अमेरिकी कम्पनी बायोटेकको नोभाभ्याक्ससंग साझेदारी गर्दै यो परियोजना अघि बढाएको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *