डाक्टर कुटपिट गर्ने कर्मचारी माथि प्रतिष्ठानकाे कारवाही

788
Shares

 

काठमाडौं, ४ भदाै । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले डाक्टर कुटपिट गर्ने कर्मचारीलाई कारवाही गरेकाे छ । प्रतिष्ठानकाे शुक्रबार बसेकाे बैठकले डा करण साहमाथी कुटपिट गर्ने कर्मचारी धनबहादुर शाही कारवाही गर्ने निर्णय गरेकाे हाे ।

प्रतिष्ठानका रजिस्ट्रार नृपेन्द्र महतले कुटपिटमा उत्रिएको आरोप लागेका शाहीलाई ४५ दिन निलम्बन गरेकाे बताए । उनले घटनाकाे छानविन गर्न तीन सदस्यीय जाँचबुझ समिति गठन गरिएको जानकारी दिए ।

बैठकले डा पुजन राेकायाकाे संयोजकत्वमा डा अनुप समाल र अधिवक्ता मिनबहादुर महत सदस्य रहेकाे समिति गठन गरेको हाे । याे समितिलाई ३० दिन भित्र प्रतिवेदन बुझाउन भनिएकाे छ ।

प्रतिष्ठान कै चाैथाे तहमा कार्यरत कर्मचारी शाहीले गत बिहीबार ईमर्जेन्सी मा कार्यरत डाक्टर साहलाई कुटपिट गरेका थिए ।
उनलाई अहिले प्रहरीले नियन्त्रणमा लिएर छानबिन गरिरहेकाे छ ।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *