नेपाल स्वास्थ्य अनुसन्धान परिषदमा जागिरको अवसर

काठमाडौँ, ३० साउन । नेपाल स्वास्थ्य अनुसन्धान परिषदले चालु आर्थिक बर्षको स्वीकृत बार्षिक कार्यक्रम अनुसार विभिन्न अनुसन्धान परियोजनाहरु संचालन गर्नका लागि केही प्राविधिक जनशक्तिहरु पदपूर्ति गर्ने भएको छ ।

परिषदले ती प्राविधिक जनशक्तिले फिल्डमा गई काम गर्न पर्ने स्पष्ट पारेको छ ।

स्वास्थ्य विषयमा कम्तीमा स्नातक गरेका व्यक्तिले यसका लागि दरखास्त दिन सक्ने जनाएको छ । दरखास्त आजको मितिले सात दिन भित्र हालिसक्नु पर्ने सूचनामा उल्लेख छ । दरखास्त हालेका व्यक्तिलाई अन्तरवार्ता विधिबाट परीक्षा लिई छनौट गरिने समेत जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *