असोजको पहिलो साता हुने चिकित्सक लाइसेन्स परीक्षाको लागि आवेदन खुल्यो

232
Shares

काठमाडौँ, २४ साउन । नेपाल मेडिकल काउन्सिलले आगामी ६ देखि ८ असोजसम्म हुने ६३ औँ चिकित्सक दर्ता परीक्षा (लाइसेन्स) परीक्षामा सहभागी हुन चाहनेका लागि आज देखि अनलाइन आवेदन खुल्ला भएको जनाएको छ ।

उसले आगामी २२ भदौसम्म नियमित तथा २३ र २४ भदौका दिन विलम्ब शुल्क तिरेर आवेदन फारम भर्न सकिने जनाएको छ ।

काउन्सिलले आवेदन फारम तोकिएको अवधी भित्र अनलाइनबाट चौविसै घण्टा भर्न तथा बुझाउन सकिने समेत बताएको छ ।

लाइसेन्स परीक्षा पुल्चोकस्थित इन्जिनियरिङ अध्ययन् संस्थानमा हुनेछ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *