असोजको पहिलो साता हुने चिकित्सक लाइसेन्स परीक्षाको लागि आवेदन खुल्यो

काठमाडौँ, २४ साउन । नेपाल मेडिकल काउन्सिलले आगामी ६ देखि ८ असोजसम्म हुने ६३ औँ चिकित्सक दर्ता परीक्षा (लाइसेन्स) परीक्षामा सहभागी हुन चाहनेका लागि आज देखि अनलाइन आवेदन खुल्ला भएको जनाएको छ ।

उसले आगामी २२ भदौसम्म नियमित तथा २३ र २४ भदौका दिन विलम्ब शुल्क तिरेर आवेदन फारम भर्न सकिने जनाएको छ ।

काउन्सिलले आवेदन फारम तोकिएको अवधी भित्र अनलाइनबाट चौविसै घण्टा भर्न तथा बुझाउन सकिने समेत बताएको छ ।

लाइसेन्स परीक्षा पुल्चोकस्थित इन्जिनियरिङ अध्ययन् संस्थानमा हुनेछ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *