सेती प्रादेशिक अस्पतालमा उपचाररत १ जना कोरोना संक्रमितको मृत्यु

कैलाली, २० साउन । कैलालीको सेती प्रादेशिक अस्पतालमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पतालको आईसीयूमा उपचाररत कञ्चनपुरको भीमदत्त नगरपालिका ६ का ५० वर्षीय पुरुषको आज ८ बजेरको समयमा मृत्यु भएको हो ।
अल्कोहोलिक हेपाटाईटिसका बिरामी समेत रहेका उनलाई कोरोना टेष्ट गर्दा पोजेटिभ देखिएपछि बिहीबारदेखि अस्पतालको आईसीयूमा राखेर उपचार थालिएको थियो ।
उनको उपचारकै क्रममा मृत्यु भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार मृतक पुरुषलाई परिवारको जिम्मा लगाउने तयारी भइरहेको छ ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



