क्यानाडामा मंङ्कीपक्सका ८९० संक्रमित

68
Shares

ओटावा, १९ साउन । क्यानाडामा पनि मंङ्कीपक्स संक्रमित भेटिन थालेका छन्। एक समाचारमा बुधबारसम्ममा यहाँ पनि कम्तीमा ८९० जना मंकीपक्सका संक्रमित पाइएका जनाइएको छ।

यहाँका स्वास्थ्य संस्थाहरुले तीमध्ये चार सय २३ जना ओन्टारियोमा पाइएका जनाइएको छ । यस सहरमा सुरुदेखि नै मंकीपक्सको सङ्क्रमण बढेको पाइएको थियो।

क्यानाडाको नेसनल माइक्रोबायोलोजी ल्याबरेटोरीले यस मंकीपक्सको सङ्क्रमणको लगत राखेको र यस सम्बन्धमा अनुुसन्धान पनि गरिरहेको जनाएको छ।

यहाँको सरकारले मंकीपक्सका विरुद्धको कम्तीमा पनि ७० हजार खोप लगाउन तयार रहेको र ठूलो सङ्ख्यामा स्वास्थ्यकर्मी पनि खटाइएको जनाएको छ।

पछिल्ला केही महिनामा यो मंकीपक्सको सङ्क्रमण विश्वका कैयौँ देशमा पुगेको छ। यसका कारण विश्व स्वास्थ्य सङ्गठनले यसलाई स्वास्थ्य सङ्कटका रुपमा पनि घोषणा गरेको छ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *