एकैदिन थप ७१० जनामा कोरोना संक्रमण पुष्टि, ४२३६ सक्रिय संक्रमित

थप २ जनाको मृत्यु
152
Shares

काठमाडौँ, १२ साउन । पछिल्लो चौबिस घण्टामा थप ७१० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोही अवधीमा थप २१५ जना निको भई डिस्चार्ज भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार चौबिस घण्टामा ५ हजार २५ नमुना परीक्षण गर्दा ७१० जना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै देशभर सक्रिय संक्रमितको संख्या ४ हजार २३६ रहेको छ । जसमध्ये होम आइसोलेसनमा ४ हजार ८० जना र संस्थागत आइसोलेसनमा १५६ जना रहेका छन् ।

संस्थागत आइसोलेसनमा भएका संक्रमित मध्ये आइसीयूमा ३३ जना र भेन्टीलेरमा ३ जना उपचाररत रहेका छन् । भने आज थप २ जनाको मृत्यु भएको छ ।

त्यसैगरी काठमाडौँमा ५ सय भन्दा बढी सक्रिय संक्रमित रहेका छन् । मोरङ, ललितपुर र कास्कीमा २ सय भन्दा बढी सक्रिय संक्रमित रहेका छन् भने मनाङ, कालिकोट, मुगु, हुम्ला र बाजुरामा सक्रिय संक्रमित शून्य रहेका छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *