एकैदिन थप ७१० जनामा कोरोना संक्रमण पुष्टि, ४२३६ सक्रिय संक्रमित
थप २ जनाको मृत्यु
काठमाडौँ, १२ साउन । पछिल्लो चौबिस घण्टामा थप ७१० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोही अवधीमा थप २१५ जना निको भई डिस्चार्ज भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार चौबिस घण्टामा ५ हजार २५ नमुना परीक्षण गर्दा ७१० जना संक्रमण पुष्टि भएको हो ।
त्यस्तै देशभर सक्रिय संक्रमितको संख्या ४ हजार २३६ रहेको छ । जसमध्ये होम आइसोलेसनमा ४ हजार ८० जना र संस्थागत आइसोलेसनमा १५६ जना रहेका छन् ।
संस्थागत आइसोलेसनमा भएका संक्रमित मध्ये आइसीयूमा ३३ जना र भेन्टीलेरमा ३ जना उपचाररत रहेका छन् । भने आज थप २ जनाको मृत्यु भएको छ ।
त्यसैगरी काठमाडौँमा ५ सय भन्दा बढी सक्रिय संक्रमित रहेका छन् । मोरङ, ललितपुर र कास्कीमा २ सय भन्दा बढी सक्रिय संक्रमित रहेका छन् भने मनाङ, कालिकोट, मुगु, हुम्ला र बाजुरामा सक्रिय संक्रमित शून्य रहेका छन् ।
सम्पर्क इमेल : [email protected]