दक्षिण कोरियामा एकैदिन ७१ हजार भन्दा बढी कोरोना संक्रमित

सोल, ५ साउन । दक्षिण कोरियामा बितेका २४ मा बुधबार मध्यरातसम्म ७१ हजार एकसय ७० जनामा कोभिड–१९ बाट सङ्क्रमित भएका छन् ।
यो सँगै देशमा कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड ९० लाख ९ हजार नौसय ८० पुगेको स्वास्थ्य अधिकारीले जानकारी दिएका छन् ।
कोरिया डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन एजेन्सीका अनुसार अघिल्लो दिन ७६ हजार चारसय दुई सङ्क्रमित फेला परेका थिए । गम्भीर अवस्थाका रहेका सङ्क्रमितको सङ्ख्या एक सय तीन पुगेको छ ।
सङ्क्रमणबाट मङ्गलबार १७ जनाको मृत्यु भएको छ भने हालसम्म चौबीस हजार सातसय ९४ ले यो महारोगबाट ज्यान गुमाइसकेका छन् । सिन्हा
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



