मलेसियामा एकैदिन ३ हजार बढीमा कोरोना संक्रमण, ७ जनाको मृत्यु

56
Shares

क्वालालम्पुर, ३ साउन । मलेसियामा पछिल्लो समय कोरोना सङ्क्रमितको संख्या थप बढेको छ । गएको २४ घन्टा यता मात्र यहाँ तीन हजारभन्दा बढी सङ्क्रमित थपिएका बताइएको छ ।

मलेसियाको स्वास्थ्य मन्त्रालयले यहाँ तीन हजार ८० जनामा गएको २४ घन्टा यता सङक्रमण थपिएको जनाएको छ । साथै सो सङ्क्रमणका कारण गएको २४ घन्टायता सात जनाको ज्यान पनि गएको जनाएको छ । यहाँ अहिलेसम्म ४६ लाखभन्दा बढी नागरिक सङ्क्रमित भएका छन्, भने ३५ हजार ८६५ को ज्यान गएको छ ।

यहाँका स्वास्थ्य अधिकारीहरुले पछिल्ला केही हप्तायता सङ्क्रमितहरुको सङ्ख्या बढेको र अस्पताल भर्ना हुनेहरु पनि बढेका जनाएका छन् । यहाँका अधिकारीहरुले मलेसियामा अहिले पनि ४२ हजार भन्दा बढी सक्रिय सङ्क्रमित रहेका भन्दै स्वास्थ्यका मापदण्डहरु अपनाउन भनेका छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *