चौबिस घण्टामा थप ४० जनामा कोरोना संक्रमण, १९ जना डिस्चार्ज

56
Shares

काठमाडौँ, २० असार । पछिल्लो चौबिस घण्टामा देशभर थप ४७ जना कोरोना संक्रमित थपिएका छन् । यही अवधीमा थप १९ जना निको भई डिस्चार्ज भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार १ हजार ८ सय ४७ जनाको पीसीआर नमुना परीक्षण गर्दा ३४ जनामा र १ हजार १ सय ६३ जनाको एन्टीजेन बिधिबाट नमुना परीक्षण गर्दा ६ जनामा संक्रमण पुष्टी भएको हो । जसमध्ये काठमाडौँमा मात्रै २४ जना रहेका छन् ।

देशभर सक्रिय संक्रमितको संख्या ३ सय ४८ रहेको छ ।  कुल सक्रिय संक्रमितमध्ये काठमाडौँमा १८६, लितिपुरमा ३१ र भक्तपुरमा ९ जना रहेका छन् ।

आज होम आइसोलेसनमा ३ सय ४४ जना र संस्थागत आइसोलेसनमा ४ जना रहेका छन् ।

त्यसैगरी आइसीयूमा ४ जना र भेन्टीलेटरमा १ जना संक्रमित उपचाररत रहेको मन्त्रालयले जनाएको छ । सक्रिय संक्रमित शून्य भएका जिल्ला २९ वटा रहेका छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *