चौबिस घण्टामा थप ४० जनामा कोरोना संक्रमण, १९ जना डिस्चार्ज

काठमाडौँ, २० असार । पछिल्लो चौबिस घण्टामा देशभर थप ४७ जना कोरोना संक्रमित थपिएका छन् । यही अवधीमा थप १९ जना निको भई डिस्चार्ज भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार १ हजार ८ सय ४७ जनाको पीसीआर नमुना परीक्षण गर्दा ३४ जनामा र १ हजार १ सय ६३ जनाको एन्टीजेन बिधिबाट नमुना परीक्षण गर्दा ६ जनामा संक्रमण पुष्टी भएको हो । जसमध्ये काठमाडौँमा मात्रै २४ जना रहेका छन् ।

देशभर सक्रिय संक्रमितको संख्या ३ सय ४८ रहेको छ ।  कुल सक्रिय संक्रमितमध्ये काठमाडौँमा १८६, लितिपुरमा ३१ र भक्तपुरमा ९ जना रहेका छन् ।

आज होम आइसोलेसनमा ३ सय ४४ जना र संस्थागत आइसोलेसनमा ४ जना रहेका छन् ।

त्यसैगरी आइसीयूमा ४ जना र भेन्टीलेटरमा १ जना संक्रमित उपचाररत रहेको मन्त्रालयले जनाएको छ । सक्रिय संक्रमित शून्य भएका जिल्ला २९ वटा रहेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *