थपिए १४ जना कोरोना संक्रमित , ११ जना संक्रमणमुक्त

काठमाडौँ, ४ असार । पछिल्लो चौबिस घण्टामा देशभर थप १४ जना कोरोना संक्रमित थपिएका छन् । यही अवधीमा थप ११जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार १ हजार ५९० जनाको पीसीआर नमुना परीक्षण गर्दा ११ जनामा र ९४४ जनाको एन्टीजेन बिधिबाट नमुना परीक्षण गर्दा ३ जनामा संक्रमण पुष्टी भएको हो ।
त्यसैगरी देशभर सक्रिय संक्रमितको संख्या १ सय ४ रहेको छ । जसमध्ये होम आइसोलेसनमा १ सय २ जना र संस्थागत आइसोलेसनमा २ जना रहेका छन् ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



