थपिए १४ जना कोरोना संक्रमित , ११ जना संक्रमणमुक्त

काठमाडौँ, ४ असार । पछिल्लो चौबिस घण्टामा देशभर थप १४ जना कोरोना संक्रमित थपिएका छन् । यही अवधीमा थप ११जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार १ हजार ५९० जनाको पीसीआर नमुना परीक्षण गर्दा ११ जनामा र ९४४ जनाको एन्टीजेन बिधिबाट नमुना परीक्षण गर्दा ३ जनामा संक्रमण पुष्टी भएको हो ।

त्यसैगरी देशभर सक्रिय संक्रमितको संख्या १ सय ४ रहेको छ । जसमध्ये होम आइसोलेसनमा १ सय २ जना र संस्थागत आइसोलेसनमा २ जना रहेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *