कोभिड-१९ का कारण बीचमै नेपाल फर्किएका चिकित्साशास्त्रका विद्यार्थीहरु अध्ययन पुरा गर्न चीन जान पाउने (सूची सहित)

काठमाडौँ, २० जेठ । कोभिड – १९ का कारण पढाई पुरा नगरी बीचमै नेपाल फर्किएका चिकित्साशास्त्र तथा अन्य विषयका विद्यार्थीहरु पढाई पुरा गर्न चीन जान पाउने भएका छन् ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आज एक सूचना जारी गर्दैै अध्ययन पुरा गर्न चीन फर्कन पाउने २८१ जना विद्यार्थीहरुको सूची प्रकासित गरेको छ । मन्त्रालयले यो पहिलो चरणमा जान पाउने विद्यार्थीहरुको सूची भएको भन्दै सूचीमा रहेका विद्यार्थीहरुले भिषाका लागि निवेदन दिन भनेको छ ।
कोभिडका कारण चीनमा सुरु गरको अध्ययन पुरा गर्न नपाएका कतिपय विद्यार्थीहरुले थप अध्ययनको व्यवस्था नेपालमै व्यवस्था मिलाउन सरकारलाई दवाव दिएका थिए । सरकारले पनि सन् २०१४ व्याचका एमबीबीएसका विद्यार्थीहरुलाई इन्टर्नशिप गर्ने व्यवस्था मिलाएको थियो ।
त्यसपछि फर्केका सबैले नेपालमै अध्ययन तथा इन्टर्नशीप गर्न पाउनुपर्ने भन्दै आन्दोलन गर्दै आएका थिए । सरकारी अधिकारीहरुले सबैलाई नेपालमा अध्ययन गराउन नसकिने बताउँदै आएका थिए । यहिबीचमा मन्त्रालयले विद्यार्थीहरुलाई चीन मै फर्केर अध्ययन गर्ने बाटो बनाईदिएको हो ।
हेर्नुहोस सूची
सम्पर्क इमेल : [email protected]