५ देखि ११ वर्ष उमेरका नेपालका बालबालिकालाई कोभिडविरुद्धको खोप नि:शुल्क उपलव्ध गराउँदै अमेरिका

फाइजरको पेडियाट्रिक डोज खोप बालबालिकालाई असारबाटै लगाउन सुरु गर्ने तयारी

काठमाडौँ, १३ जेठ । अमेरिकी सरकारले नेपालका पाँच देखि १५ वर्ष उमेर समूहका बालबालिकाहरुलाई लगाउने भनिएको कोभिडविरुद्धको खोप निशुल्क उपलव्ध गराउने भएको छ ।

अमेरिकाले कोभ्याक्स सुविधा मार्फत बालबालिकालाई दिन मिल्ने ८४ लाख डोज फाइजर खोप (०.५ एमएल पेडियाट्रिक डोज) निशुल्क उपलव्ध गराउने भएको हो ।

‘बालबालिकाहरुलाई खोप खरीद गरेरै भए पनि लगाउने योजनामा सरकार लागि सकेको थियो तर अमेरिकी सरकारले नेपाली बालबालिकालाई निशुल्क खोप उपलव्ध गराउने प्रतिवद्धता जनायो । हामीले तय गरेको ८४ लाख डोज खोप खरीद गर्नु नपर्ने भयो,’ स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा अन्तरगत आपूर्ति व्यवस्थापन शाखाका प्रमुख सुरेन्द्र चौरसियाले भने ।

उनका अनुसार नेपालको भण्डारण क्षमता मिलाएर चरणवद्ध रुपमा पेडियाट्रिक डोज खोप प्राप्त हुने छ । चौरसियाले असार भित्रै बालबालिकाहरुलाई पहिलो डोज खोप लगाउन सुरु गर्ने सरकारको योजना रहेकोले छिटै नै पहिलो लट खोप आउने समेत जानकारी दिए ।

‘फाइजर खोप माइनस ७० डिग्री तापक्रममा भण्डारण गर्नु पर्ने बाध्यता छ । हामीसंग अहिले १५ -२० लाख डोज मात्रै भण्डारण गर्न सक्ने क्षमता छ । त्यसैले थोरै थोरै ल्याउने र लगाई हाल्ने नीति सरकारको छ,’ उनले भने ।

सरकारले यसअघि १२ वर्ष माथिका सबैलाई कोभिडविरुद्धको खोप दिदै आएको छ । उसले दिएका खोपको ठुलो मात्रा अनुदान र सुविधाबाट प्राप्त खोप हुन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *