राष्ट्रिय स्वास्थ्य वित्त रणनीतिको मस्यौदालाई अर्थ मन्त्रालयले दियो सहमति

428
Shares

काठमाडौँ, ६ जेठ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अघि सारेको राष्ट्रिय स्वास्थ्य वित्त रणनीति (२०७८-२०८८) को मस्यौदालाई अर्थ मन्त्रालयले सहमति दिएको छ । स्वास्थ्यले अघि सारेको १० वर्षे रणनीतिलाई मन्त्रिपरिषदबाट स्वीकृत गर्नु अघि अर्थसंग सहमति मागेको थियो ।

अर्थले गत १ जेठमा मन्त्रीस्तरीय निर्णय गर्दै १० वर्षे रणनीतिलाई सहमति प्रदान गरेको हो ।

स्वास्थ्य मन्त्रालय नीति योजना महाशाखा प्रमुख डा कृष्णप्रसाद पौडेलले अर्थ मन्त्रालयले राष्ट्रिय स्वास्थ्य वित्त रणनीति (२०७८-२०८८) को मस्यौदालाई सहमति प्रदान गरेको पुष्टि गरे ।

उनले अव यो मस्यौदालाई मन्त्रिपरिषदले पास गरिसकेपछि कार्यान्वयनको चरणमा अघि बढने समेत जानकारी दिए ।

यसअघि स्वास्थ्यले गत १७ माघमा सहमतिका लागि अर्थलाई पत्र पठाएको थियो ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *