राष्ट्रिय स्वास्थ्य वित्त रणनीतिको मस्यौदालाई अर्थ मन्त्रालयले दियो सहमति
काठमाडौँ, ६ जेठ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अघि सारेको राष्ट्रिय स्वास्थ्य वित्त रणनीति (२०७८-२०८८) को मस्यौदालाई अर्थ मन्त्रालयले सहमति दिएको छ । स्वास्थ्यले अघि सारेको १० वर्षे रणनीतिलाई मन्त्रिपरिषदबाट स्वीकृत गर्नु अघि अर्थसंग सहमति मागेको थियो ।
अर्थले गत १ जेठमा मन्त्रीस्तरीय निर्णय गर्दै १० वर्षे रणनीतिलाई सहमति प्रदान गरेको हो ।
स्वास्थ्य मन्त्रालय नीति योजना महाशाखा प्रमुख डा कृष्णप्रसाद पौडेलले अर्थ मन्त्रालयले राष्ट्रिय स्वास्थ्य वित्त रणनीति (२०७८-२०८८) को मस्यौदालाई सहमति प्रदान गरेको पुष्टि गरे ।
उनले अव यो मस्यौदालाई मन्त्रिपरिषदले पास गरिसकेपछि कार्यान्वयनको चरणमा अघि बढने समेत जानकारी दिए ।
यसअघि स्वास्थ्यले गत १७ माघमा सहमतिका लागि अर्थलाई पत्र पठाएको थियो ।
सम्पर्क इमेल : [email protected]