उत्तर कोरियाको घोषणा : देशमा कोभिड-१९ बाट एक जनाको ज्यान गयो

208
Shares

बीबीसी । उत्तर कोरियाले कोभिड-१९ को संक्रमणबाट पहिलो पटक मृत्यु भएको पुष्टि गरेको छ । त्यहाँको सरकारी सञ्चारमाध्यमले देशभर हजार बढी जनतालाई ज्वरोको लक्षण देखिएको समेत उल्लेख गरेको छ ।

ज्वरो आएर ६ जनाको मृत्यु भएको छ । त्यसमध्ये १ जनामा ओमिक्रोन पुष्टि भएको छ । शुक्रबार सरकारी सञ्चारमाध्यमले उल्लेख गरेको छ ।
उसले ज्वरो आएका १ लाख ८७ हजार नागरिकलाई आइसोलेसनमा राखेर उपचार गरिएको समेत उल्लेख गरेको छ ।

विज्ञहरुले देशमा केही समय देखि कोभिड १९ को भाइरस भएको अनुमान गरेका छन् । तर सरकारी अधिकारीहरुले बिहीबार मात्रै देशमा यो भाइरस देखिएको बताएका थिए ।

उनीहरुलेओमिक्रोनको पहिलो केश राजधानी प्योङयाङमा देखिएको भन्दै त्यहाँ लकडाउन सहितका जनस्वास्थ्यका मापदण्ड कार्यान्वयन गर्नुपर्ने घोषणा गरेका थिए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *