उत्तर कोरियाको घोषणा : देशमा कोभिड-१९ बाट एक जनाको ज्यान गयो

बीबीसी । उत्तर कोरियाले कोभिड-१९ को संक्रमणबाट पहिलो पटक मृत्यु भएको पुष्टि गरेको छ । त्यहाँको सरकारी सञ्चारमाध्यमले देशभर हजार बढी जनतालाई ज्वरोको लक्षण देखिएको समेत उल्लेख गरेको छ ।

ज्वरो आएर ६ जनाको मृत्यु भएको छ । त्यसमध्ये १ जनामा ओमिक्रोन पुष्टि भएको छ । शुक्रबार सरकारी सञ्चारमाध्यमले उल्लेख गरेको छ ।
उसले ज्वरो आएका १ लाख ८७ हजार नागरिकलाई आइसोलेसनमा राखेर उपचार गरिएको समेत उल्लेख गरेको छ ।

विज्ञहरुले देशमा केही समय देखि कोभिड १९ को भाइरस भएको अनुमान गरेका छन् । तर सरकारी अधिकारीहरुले बिहीबार मात्रै देशमा यो भाइरस देखिएको बताएका थिए ।

उनीहरुलेओमिक्रोनको पहिलो केश राजधानी प्योङयाङमा देखिएको भन्दै त्यहाँ लकडाउन सहितका जनस्वास्थ्यका मापदण्ड कार्यान्वयन गर्नुपर्ने घोषणा गरेका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *