भारतमा पछिल्लो २४ घण्टामा कोरोनाबाट ६० जनाको मृत्यु

96
Shares

नयाँ दिल्ली, १६ वैशाख । भारतमा पछिल्लो चौबिस घण्टामा कोरोना संक्रमणबाट ६० जनाको मृत्यु भएको छ । भारतमा कोरोना संक्रमण लगातार तीव्र गतिमा बढिरहेको छ।

भारतीय स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा ३ हजार ३७७ नयाँ कोरोना संक्रमित थपिएका छन्। साथै २४ घन्टामा २ हजार ४९६ कोरोना संक्रमित निको भएका छन् ।

हालसम्म भारमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ५ लाख २३ हजार ७५३ पुगेको छ भने सक्रिय सङ्क्रमितको सङ्ख्या १७ हजार ८०१ पुगेको छ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *