यी हुन् राप्रपाको घोषणापत्रमा समेटिएका स्वास्थ्यका १३ बुँदा

380
Shares

काठमाडौँ, ७ बैशाख ।  राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी ३० बैशाखमा हुने स्थानीय तह निर्वाचनको घोषणा पत्र सार्वजनिक गरेको छ । पार्टी कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा अध्यक्ष राजेन्द्र लिङदेनले घोषणापत्र सार्वजनिक गरेका हुन् ।

घोषणापत्रमा स्वास्थ्यका ९ बुँदा र अन्य विषयका स्वास्थ्यसंग जोडिएका थप ४ बुँदा समेटिएका छन् ।

ती बुँदाहरु यसप्रकार छन् ।

१. सबै नागरिकलाई अनिवार्य तथा निशुल्क स्वास्थ्य बीमा
२. हरेक वडामा स्वास्थ्य चौकी र निशुल्क गुणस्तरीय आधारभूत स्वास्थ्य सेवा
३. सुनिश्चित बाल स्वास्थ्य र पोषण कार्यक्रम
४. प्रत्येक वडामा प्रसूति सेवा तथा निम्न आय भएका हरेक सुत्केरीलाई तीन महिनासम्म रु ३ हजार मासिक भत्ता
५. स्थानीय महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन भत्ता
६. सिकलसेल ऐनिमिया जस्ता रोगका बिरामीलाई निशुल्क उपचार
७. क्यान्सर मिर्गौला तथा मेरुदण्ड रोगबाट पिडीत स्थानीय नागरिकलाई मासिक स्वास्थ्य भत्ता
८. प्रत्येक किशोरीलाई पाठेघर क्यान्सर विरुद्धको खोप
९. प्रत्येक स्थानीय तहमा न्युनतम एक सुलभ औषधि पसलको व्यवस्था
१०. गरिबीको रेखा मुनि रहेका बर्ग तथा अल्पसंख्यक समुहका न्युनतम एक एक जना प्रतिभाशाली विद्यार्थीलाई एमबीबीएस अध्यनन गर्न छात्रबृत्ति
११. महिनाको एकपटक सबै जेष्ठ नागरिकलाई घर दैलोमा नै आधारभूत स्वास्थ्य परीक्षण को व्यवस्था
१२. एकल तथा विदुर, शारीरिक र मानसिक रुपमा अशक्त असहाय जेष्ठ नागरिकका लागि स्याहार सुसार हेरचाह र औषधि उपचारको व्यवस्था
१३. अशत्त असहाय र टुहुरा बालबालिकालाई आवश्यक शिक्षा, स्वास्थ्य र हेरचाहको व्यवस्थाका लागि स्याहार केन्द्रको स्थापना ।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *