भारतमा कोरोना संक्रमणमा तिब्रता, शनिबारको तुलनामा आइतबार संक्रमणदर ९० प्रतिशतले बढ्यो

नयाँ दिल्ली । भारतमा पुन कोरोना संक्रमण बढ्न थालेको छ । आइतबार देशभर २ हजार १८३ जनामा कोरोना संक्रमण देखिएको छ । यो शनिबारको तुलनामा ८९.९ प्रतिशत बढी हो । शनिबार १ हजार १५० जनामा संक्रमण देखिएको थियो ।

यस्तै देशमा कोरोनाबाट मृत्यु हुनेको संख्यामा पनि बृद्धि भएको बताइएको छ । आइतबार २१४ जनाको मृत्यु भएको छ । यी मध्ये २१२ जना केरल र उत्तरप्रदेशको हो ।

११ हप्ताको गिरावट पछि संक्रमणमा बृद्धि
जनवरीमा आएको तेस्रो लहरपछि भारतमा ११ हप्तासम्म संक्रमण दर कम हुँदै गएको थियो । तर पछिल्लो सात दिनमा कोरोनाको संक्रमणमा ३५ प्रतिशतले बृद्धि भएको देखिएको छ । यद्धपी यो संक्रमणदर दिल्ली, उत्तरप्रदेश र हरियाणाको मात्रै हो ।

अघिल्लो आइतबार देखि हिजोसम्म देशमा ६ हजार ६१० जनामा कोरोना संक्रमण देखिएको छ । यसको ठिक अघिल्लो साता देशमा ४ हजार ९०० जनामा संक्रमण थियो ।

तीन राज्यमा बढी रहेको छ संक्रमण

दिल्ली, हरियाणा र उत्तरप्रदेशमा विगत सात दिनमा कोरोना संक्रमण दर तिब्र गतिमा बढेको छ । पछिल्लो साता दिल्लीमा अहिलेसम्मकै बढी केश २ हजार ३०७ केश मिलेको थियो । अघिल्लो हप्ता जम्मा ९४३ केश पाइएको थियो । यहाँ एक सातामा १४५ प्रतिशतले संक्रमण बढेको छ ।

यस्तै हरियाणामा एक सातामा ५१४ बाट ११८ प्रतिशतले बढेर केश १ हजार ११९ पुगेको छ । उत्तर प्रदेशमा गत साता ५४० केश भेटिएको थियो । यो साता भने संक्रमण दर १४१ प्रतिशतले बढी देखिएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *