चौबिस घण्टामा थपिए १४ जना कोरोना संक्रमित, ५५ जना संक्रमणमुक्त
काठमाडौँ, २ बैशाख । पछिल्लो चौबिस घण्टामा देशभर थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यही अवधीमा थप ५५ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार ३ हजार ३० पीसीआर नमुना परीक्षण गर्दा १४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । ८७३ जनाको एन्टीजेन बिधिबाट नमुना परीक्षण पनि भएको छ जसबाट कुनै संक्रमित भेटिएन ।
त्यसैगरी आइसीयूमा ९ र भेन्टीलेटरमा १ संक्रमित उपचाररत रहेका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या ४३८ रहेको छ । आज पनि कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य रहेको मन्त्रालयले जनाएको छ ।।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]