चौबिस घण्टामा थपिए १९ कोरोना संक्रमित, ४९ जना निको भए

काठमाडौँ, ३० चैत । पछिल्लो चौबिस घण्टामा देशभर थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यही अवधीमा थप ४९ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार दिएको जानकारी अनुसार ३ हजार ३४९ पीसीआर नमुना परीक्षण गर्दा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । १ हजार ३६६ जनाको एन्टीजेन बिधिबाट नमुना परीक्षण गर्दा ४ जनामा संक्रमण पुष्टि भएको हो ।

जसमा काठमाडौँ उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा ४ जना र ललितपुरमा १ जना कोरोना संक्रमित भेटिएका छन् ।

आज कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य रहेको छ ।आइसीयूमा १२ र भेन्टीलेटरमा १ संक्रमित उपचाररत रहेका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या ५२० रहेको मन्त्रालयले जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *