प्रधानमन्त्री देउवाद्धारा टाइफाइड विरुद्धको राष्ट्रिय खोप अभियानको शुभारम्भ

काठमाडौँ, २४ चैत । प्रधानमन्त्री शेरबहादुर देउवाले टाइफाइडविरुद्धको राष्ट्रिय खोप अभियानको शुभारम्भ गरेका छन् । काठमाडौंको दरबार हाईस्कुलमा आज आयोजित कार्यक्रममा स्वास्थ्यकर्मीलाई भ्याक्सिन क्यारियर हस्तान्तर गरी राष्ट्रिय खोप कार्यक्रमको शुभारम्भ गरेका हुन् ।

प्रधानमन्त्रीले खोप क्यारियर हस्तान्तर गरेपछि काठमाडौँ महानगरपालिकाले दरबार हाईस्कुल परिसरमै १५ महिना देखि १५ वर्ष उमेर समूहका बालबालिकाहरुलाई खोप लगाउन सुरु गरेको छ ।

त्यसअघि सम्वोधन गर्दै प्रधानमन्त्री देउवाले कोभिडविरुद्धको खोप अभियानलाई सफल बनाए जस्तै गरी स्वास्थ्यकर्मीले टाइफाइड विरुद्धको अभियान पनि सफल बनाउनेमा आफू विश्वस्त रहेको बताए । एक प्रसंगमा उनले काठमाडौंमा थुप्रिएको फोहरले राजधानीबासीलाई नै लज्जावोध गराएको भन्दै त्यसलाई ट्रिटमेन्ट प्लान्ट मार्फत व्यवस्थि त गर्न महानगरलाई सुझाव दिए ।

स्वास्थ्य मन्त्री विरोध खतिवडाले टाइफाइडविरुद्धको २४ दिने खोप अभियानलाई विना कुनै अवरोध सञ्चालन गर्न स्वास्थ्यकर्मीहरुलाई निर्देशन दिदै यसअघिका अभियान जस्तै सफल बनाउनुपर्नेमा जोड दिए । उनले अभियानका लागि संघीय सरकारले गरेका कामहरुको बारेमा समेत चर्चा गरेका थिए ।

कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाले आफ्नो प्रदेश कोभिडविरुद्धको खोप लगाई लक्ष्य हासिल गर्नेमा पहिलो भएको बताउँदै टाइफाइड विरुद्धको खोपका लागि पनि तयार रहेको बताए ।

काठमाडौँ महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यले खोप अभियान महानगरका लागि चुनौतीपूर्ण भएपनि यसलाई सफल बनाएरै छाड्ने विश्वास व्यक्त गरे । उनले टाइफाइड रोग लाग्ने मुख्य कारण फोहर भएको र राजधानीमा फोहर थुप्रिएको प्रशंग निकाल्दै शडक विभागको अवरोधका कारण फोहर थुप्रिएको स्पष्ट पारे ।

कार्यक्रममा प्रधानमन्त्रीका विज्ञ सल्लाहकार डा आरपी विच्छा, स्वास्थ्य सचिव डा रोशन पोखरेलले खोप अभियानबारेमा चर्चा गरेका थिए ।
टाइफाइडविरुद्धको खोप अभियान प्रधानमन्त्रीबाट आज शुभारम्भ गरे पनि विभिन्न प्रदेश तथा स्थानीय निकायले दुई तीन दिन अघि देखि नै सुरुवात गरेका छन् ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *