नेपाल औषधि ब्यवसायी संघले १ बैशाख देखि औषधि आयात ठप्प पार्ने

काठमाडौँ, २० चैत । नेपाल औषधि व्यवसायी संघ (एनसीडीए) ले १ बैशाख देखि औषधि आयात ठप्प पार्ने निर्णय गरेको छ । सरकारले आफूहरुको माग सुनुवाई नगरेको भन्दै आउँदो १ बैशाख देखि औषधि आयातमा रोक्ने निर्णय गरेको हो ।

यसअघि संघले २७ फागुनमा औषधि व्यवस्था विभागमा महानिर्देशक भरत भट्टराईलाई आफ्ना माग सम्वोधन गर्न ३० दिने अल्टिमेटम सहित ज्ञापन पत्र बुझाएको थियो ।

शनिबार (हिजो) बसेको बैठकले यसअघि पेश भएको मागको सम्वन्धमा कुनै सुनुवाई नभएको भन्दै आयात ठप्प गर्ने निर्णय गरेको हो ।

हामीले गतवर्ष १४ माघ मै २५ बुँदे माग पेश गरेका थियौँ । त्यसयता सरकारका सबै निकायको ध्यानाकर्षण गरायौँ । आफ्ना मागबारेमा जानकारी गरायौँ तर सुनुवाई भएन । त्यसैले यस्तो अप्रिय कदम चाल्न बाध्य भएका हौँ । एनसीडीएका अध्यक्ष मृगेन्द्रमेहर श्रेष्ठले भने ।

औषधि आयात रोक्ने कदम किन चालेको ?

एनसीडीएका अध्यक्ष श्रेष्ठ भन्छन् , ‘हामीले २५ बुँदे माग पेश गरेको एक वर्ष नाघि सक्यो । मागको सुनुवाई होला कि भनेर लामो समय पर्खियौं तर सुनुवाई भएन । हाम्रो मुख्य माग आयातित औषधिमा कन्ट्री अफ ओरिजिन अनुसार त्यहाँको एमआरपी जे छ नेपालमा पनि त्यहि एमआरपीमा औषधि विक्री वितरण गर्न पाउनु पर्छ भन्ने हो । जस्तो कि भारतबाट जो औषधि आयात गर्छौं त्यो औषधिको मूल्य त्यहाँको एमआरपी मूल्य अनुसार गर्न पाउनु पर्छ भन्ने हो ।’

उनले सरकारले ९६ वटा औषधिको मूल्य तोकेको छ त्यसबाहेकका औषधिहरुको मूल्य कन्ट्री अफ ओरिजिन अर्थात जहाँबाट औषधि उत्पादन हुन्छ त्यहाँको मूल्य अनुसार बेचविखन गर्न पाउनु पर्छ भन्ने रहेको बताए ।

विभागले नविकरण गर्दा अनुसूची ७ जो छ कमिटेड प्राइस पेश गर्न लगाउने र त्यसको समायोजन नगर्ने असहज परिस्थिति सिर्जना गरेको आरोप समेत लगाए ।

नेपालमा बिक्री बितरण हुने करीब ५५ प्रतिशत औषधिहरु विदेशबाट आयात हुन्छन् । त्यसमा जीवनरक्षक, आईसीयूमा प्रयोग हुने औषधि बढी छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *