नेपाललाई थप ४० लाख डोज ‘कोभ्याक्सिन’ खोप पठाउँदै चीन

कोभ्याक्स सुविधा अन्तर्गत अमेरिकाले पठाएको ७ लाख ६६ हजार बढी फाइजर खोप आज काठमाडौँ आईपुग्यो

काठमाडौँ, ११ चैत । चीन सरकारले नेपाललाई थप ४० लाख डोज कोभिडविरुद्धको खोप सहयोग स्वरुप पठाउने भएको छ । चीनले यसपटक पठाउने खोप भने नेपालका लागि भने नयाँ हो । यसपटक चीनले नेपाललाई साइनोभ्याक खोप पठाउन लागेको हो । यसअघि त्यहाँबाट भेरोसेल खोप मात्रै आउने गर्दथ्यो ।

स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्थापन शाखाका प्रमुख सुरेन्द्र चौरसियाले २६ र २७ तारिख (भोली र पर्सी)मा ४० लाख डोज साइनोभ्याक खोप आउन लागेको बताए । उनले सहयोग स्वरुप प्राप्त खोपको पहिलो खेपका लागि नेपाल एयरलायन्सको विमान आज राती बेइजिङ तर्फ प्रस्थान गर्ने बताए । चौरसियाले पहिलो खेप भोलि आइपुग्ने र दोस्रो खेपका लागि पुन भोली राती त्यसतर्फ गई आइतबार (पर्सी) बाँकी खोप ल्याउने विमानको उडान तालिका रहेको जानकारी दिए ।

अहिले आउन लागेको साइनोभ्याक खोपका लागि औषधि व्यवस्था विभागले यसअघि नै आकस्मिक प्रयोग गर्न अनुमति दिईसकेको छ ।
यो खोप भेरोसेल जस्तै रहेको र यसअघि भेरोसेल लगाउन नपाएकाले यो खोप लगाउन सक्ने उनले बताए ।

अमेरिकी सहयोगमा आज साढे सात लाख बढी फाइजर खोप आईपुग्यो

यता अमेरिकी सहयोगमा नेपालले आज मात्रै थप ७ लाख ६६ हजार ३५० डोज फाइजर खोप प्राप्त गरेको छ । यो खोप १२ वर्ष माथिका नागरिकलाई दिईने बताइएको छ ।

नेपालस्थित अमेरिकी दुतावासले पछिल्लो खेप खोप आइसकेपछि ट्वीट गर्दै विश्वव्यापी खोप अभियान सम्वन्धी अमेरिकी सहयोग जीवन बचाउन र महामारीको अन्त्यमा सघाउने उदेश्यबाट प्रेरित भएको बताएको छ ।

उसले अगाडी भनेको छ, ‘नेपाली जनताहरूको लागि अमेरिकी सरकारद्वारा सहयोगस्वरूप उपलब्ध गराइएको ७६६,३५० डोज फाइजर कोभिड-१९ खोप आज नेपाल आइपुगेको छ, र अरू थप पनि आउने क्रममा छ। अहिलेसम्मा अमेरिकी सरकारले विश्वका झन्डै ११० भन्दा बढी देशहरूलाई ५० करोड डोजभन्दा बढी कोभीड १९ खोप निशुल्क उपलब्ध गराइसकेको छ, जसमा नेपालले प्राप्त गरेको एकतीस लाख डोज पनि सामेल छ।’

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *