चौबिस घण्टामा थप ४४ जनामा कोरोना संक्रमण, ४८१ जना संक्रमणमुक्त

92
Shares

काठमाडौँ, ८ चैत । पछिल्लो चौबिस घण्टामा देशभर थप ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यही अवधीमा थप ४ सय ८१ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार ४ हजार ४ सय ९५ पीसीआर नमुना परीक्षण गर्दा ३५ र २ हजार ९९ जनाको एन्टीजेन बिधिबाट नमुना परीक्षण गर्दा ९ गरी ४४ जनाको रीपोर्ट पोजेटिभ आएको हो ।

त्यसैगरी आज कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको छ। हाल देशभर सक्रिय संक्रमितको संख्या २ हजार ६ सय ८८ सय रहेको मन्त्रालयले जनाएको छ ।

त्यसैगरी २ सय भन्दा बढी उपचारार्थ सक्रिय संक्रमित रहेका जिल्ला काठमाडौँ र ललितपुर रहेका छन् । धनकुटा मनाङ , रुकुमपूर्व, जुम्ला र बाजुरा जिल्लामा सक्रिय संक्रमितको संख्या शून्य रहेको छ । भने आइसीयूमा २३ र भेन्टीलेटरमा २ जना संक्तमित उपचाररत रहेका छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *