दिसामा रगत जानुलाई सामान्य नठानौँ : डा. दिनेश श्रेष्ठ

डा. दिनेश श्रेष्ठ,
पेटरोग विशेषज्ञ

दिसा ढिलो वा छिटो छिटो हुनुले पेटमा खासै फरक पर्दैन । कसैको हप्ताको तीन पटक मात्रै दिसा जान्छ कसैको दिनमै तीन पटक । त्यो सामान्य हो । तर दिसा गर्दा रगत जानु भएन, तौल घटनु भएन ।

कहिलेकाही हामीले दिसा गर्दा रगत समेत गएको हुन्छ । दिसासंग जाने रगतलाई सामान्य बुझाईमा रगतमासी परेको समेत भन्ने गर्छौ । त्यसैगरी कहिलेकाही दिसामा आलो रगत समेत जाने गर्छ ।

कतिपयको बुझाई त्यसरी रगत जानु पाइल्सको कारण हो पनि भन्ने छ , तर दिसामा त्यसरी रगत जानुलाई सामान्य रुपमा लिनु हुदैन । त्यो तपाईहामिले सोच्ने पायल्स मात्रै नभएर ठूलो आन्द्राको क्यान्सर (कोलोन क्यान्सर) पनि हुनसक्छ ।

कसैको बाहिरबाट हेर्दा पायल्स देखिएपनि भित्र कोलोन क्यान्सर हुने गरेको छ । कसैको मलद्धारनिर पायल्स त देखिन्छ तर भित्र अर्कोै घाउ बनिसकेको हुन्छ । त्यसैले पाइल्सको मात्रै उपचार गरेर हुदैन । अरुपनि छ कि भनेर हेर्नुपर्छ ।

पायल्सकै मात्रै उपचार गराइ रहियो भने गम्भीर दुर्घटनामा पर्न सकिन्छ ।

भित्रको घाउ बढदै जाने यता पायल्स भन्दै बस्ने गर्दा क्यान्सर नियन्त्रण भन्दा बाहिर पुगिसकेको हुन्छ ।

त्यसैले दिशामा रगत देखापरयो भने कोलोनसकोपी गराउनुपर्छ ।

 

डा.  श्रेष्ठ बरिष्ठ पेटरोग विशेषज्ञ हुन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *