भारतमा कोभिड–१९ संक्रमितको संख्या ४ करोड ३० लाख नाघ्यो

92
Shares

नयाँ दिल्ली, ३ चैत । भारतको कोभिड–१९ सङ्क्रमितको सङ्ख्या बिहीबार ४ करोड ३० लाख नाघेको छ । पछिल्लो २४ घण्टामा देशभर २ हजार ५३९ नयाँ सङ्क्रमित थपिएपछि कोरोना कूल सङ्क्रमति ४ करोड ३० लाख एक हजार ४७७ पुगेको संघीय स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्यांकले जनाएको छ ।

यसबाहेक बुधबार बिहानसम्म यस महामारीका कारण ६० जनाको ज्यान गएपछि कोरोनाका कारण ज्यान गुमाउने कूल संख्या ५ लाख १६ हजार १३२ पुगेको छ । भारतमा हाल ३० हजार ७९९ कोरोनाका सक्रिय सङ्क्रमित रहेका पनि सो मन्त्रालयले जानकारी दिएको छ ।

पछिल्लो २४ घण्टामा मात्र २ हजार १२ सक्रिय सङ्क्रमित घटेका छन् । कोरोना शुरु भएबाट हालसम्म भारतमा ४ करोड २४ लाख ५४ हजार ५४६ जना सफलतापूर्वक निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । जसमध्ये पछिल्लो २४ घण्टामा ४ हजार ४९१ जना कोरोनाबाट मुक्त भएका छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *