स्वास्थ्य मन्त्रालयद्धारा फार्मेसी समूहका १५ जना कर्मचारीको एकैपटक सरुवा
काठमाडौँ, १ चैत । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले फार्मेसी समूहका १५ जना कर्मचारीको एकैपटक सरुवा गरेको छ । मन्त्रालयले अघिल्लो साता सचिवस्तरीय निर्णय गर्दै १५ जनाको सरुवा गरेको हो ।
स्रोतका अनुसार मन्त्रालयमा कार्यरत दशौँ तहका पानबहादुर क्षेत्रीलाई राष्ट्रिय औषधि प्रयोगशाला पठाइएको छ ।
औषधि व्यवस्था विभागमा रहेकी उषा तण्डुकारलाई स्वास्थ्य मन्त्रालय ल्याइएको छ । राष्ट्रिय औषधि प्रयोगशालामा रहेकी सरश्वती डंगोललाई औषधि व्यवस्था विभाग पठाइएको छ ।
यस्तै राष्ट्रिय औषधि प्रयोगलाबाट संगिता साहलाई बनस्पति विभाग पठाइएको छ । बनस्पति विभागमा रहेकी संचिता जोशीलाई मन्त्रालय तानिएको छ । यस्तै विभागमा रहेका राजेश श्रेष्ठलाई प्रदेश नं १ पठाइएको छ । पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा रहेका भुपेन्द्रकुमार पौडेललाई विभागमा ल्याइएको छ ।
यसैगरी विभागमा रहेका मुकेश पंजियारलार्य औषधि व्यवस्था विभाग शाखा कार्यालय वीरगञ्ज पठाइएको छ । औषधि व्यवस्था विभागका शाखा कार्यालय विराटनगरका रहेका संजिव कट्टेललाई विभागमा ल्याएको छ । यस्तै विभागको शाखा कार्यालय बीरगञ्जमा रहेका भाग्य नारायण सिंहलाई पनि काठमाडौँस्थित विभागमा ल्याइएको छ ।
यस्तै राष्ट्रिय औषधि प्रयोगशालामा रहेका मणिराज श्रेष्ठलाई विभागमा पठाइएको छ ।
विभागमा रहेका अच्युत रेग्मीलाई राष्ट्रिय औषधि प्रयोगशाला पठाइएको छ । यस्तै बिभागमा रहेका धिरज रौनियारलाई चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्स पठाइएको छ ।
प्रतिष्ठानमा रहेकी सुष्मा थपलियालाई काठमाडौँस्थित विभागमा सरुवा गरिएको छ ।
सम्पर्क इमेल : [email protected]