२५ चैत देखि टाइफाइडविरुद्धको खोप अभियान :

१५ महिना देखि १५ वर्ष उमेर समूहका बालबालिकालाई टाइफाइडबिरुद्धको खोप दिईंदै

अर्को महिना देखि नियमित खोपको सूचीमा टाइफाइडविरुद्धको खोप पनि थपिने

काठमाडौँ, २९ फागुन ।  सरकारले १५ महिना देखि १५ वर्ष उमेर समूहका सबै बालबालिकालाई टाइफाइडबिरुद्धको खोप दिने भएको छ । स्वास्थ्य मन्त्रालयको योजना अनुसार स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले आगामी २५ चैत देखि १८ बैशाखसम्म तोकिएको उमेर समूहका बालबालिकालाई टाइफाइडबिरुद्धको खोप दिने भएको हो ।

‘हामीले १५ महिना पुगेका र १५ वर्ष ननाघेका सबै बालबालिकाका लागि टाइफाइड विरुद्धको खोप अभियान सञ्चालन गर्न लागेका छौँ । यो उमेर समूहका बालबालिकाको संख्या करीब ७५ लाख रहेको छ,’ परिवार कल्याण महाशाखा अन्तर्गतको खोप शाखा प्रमुख सागर दाहालले भने ।

उनले ती बालबालिकाहरुलाई स्कुल स्कुलमा गएर खोप दिने योजना बनाइएको जानकारी दिए ।

उनले खोप अभियान सकिएको अर्को महिना देखि यो खोपलाई नियमित खोपको सूचीमा राखेर १५ महिना पुगेका बालबालिकाहरुलाई दिन सुरु गरिने समेत बताए ।

यता स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले नेपालमा यसअघि नै टाइफाइडविरुद्धको खोप दिईदै आएको भए पनि अभियानकै रूपमा भने पहिलो पटक सुरु गर्न लागेको बताए । उनले अहिले खोप लगाइदिने स्वास्थ्यकर्मीलाई तालिम दिनेदेखि अरू विभिन्न खालका प्राविधिक तयारीका काम भइरहेको बताए ।

अहिले महाशाखाले टाइफाइड रोग विरुद्धको खोप अभियान तथा नियमित खोपमा टाइफाइड खोप शुरुवात सम्वन्धी कार्य सञ्चालन निर्देशिका तयार पारी त्यस अन्तरगर्त क्रियाशिल हुनुपर्ने स्वास्थ्यकर्मीहरुलाई तालीम दिन थालेको छ ।

सो तालीमका लागि प्राविधिक सहयोग डव्लुएचओ आईपीडीले गरिरहेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *