चौबिस घण्टामा थपिए ७३ जना कोरोना संक्रमित

काठमाडौँ, २८ फागुन । पछिल्लो चौबिस घण्टामा देशभर थप ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यही अवधीमा थप १९२ सय जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार २ हजार २३८ पीसीआर नमुना परीक्षण गर्दा ३० र २ हजार ८२४ जनाको एन्टीजेन बिधिबाट नमुना परीक्षण गर्दा ४३ गरी आज कुल ५ हजार ६२ परीक्षण हुँदा ७३ जनाको रीपोर्ट पोजेटिभ आएको हो ।
त्यसैगरी आज कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य रहेको छ। हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ५० सय रहेको छ । आइसीयूमा ४० र भेन्टीलेटरमा ६ जना संक्रमित उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



