आयुर्वेद डाक्टर (बीएएमएस) पढाउने मिथिला आयुर्वेद मेडिकल कलेजको सम्वन्धन खारेज

456
Shares

काठमाडौँ, १३ फागुन । नेपाल संस्कृत विश्व विद्यालय (नेसंवि)ले जनकपुरस्थित मिथिला आयुर्वेद मेडिकल कलेज तथा अनुसन्धान केन्द्रको सञ्चालन सम्वन्धन खारेज गरेको छ ।

नेसंविको गत ११ माघमा बसेको कार्यकारी परिषद्को बैठको निर्णय नं १३७ अनुसार आयुर्वेद स्नातक तह (बीएएमएस) सञ्चालन गर्ने सम्वन्धन खारेज गर्ने निर्णय गरेको हो ।

नेसंविको आयुर्वेद अध्ययन् संस्थान डीनको कार्यालयले बिहीबार जारी गरेको सूचनामा मिथिला आयुर्वेद मेडिकल कलेजमा अध्ययन गरिरहेका विद्यार्थीलाई आफ्नो आंगिक केन्द्रीय आयुर्वेद विद्यापीठ दाङमा बाँकी रहेको अध्ययन् पुरा गर्ने व्यवस्था मिलाइएको जनाइएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *