चौबिस घण्टामा थप ३१२ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु

काठमाडौँ, ११ फागुन । पछिल्लो चौबिस घण्टामा देशभर थप ३१२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यही अवधीमा थप ९११ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार जारी गरेको बिबरण अनुसार पीसीआर र एन्टीजेन बिधिबाट ८ हजार ६९३ जनाको नमुना परीक्षण भएकोमा ३१२ जनाको रीपोर्ट पोजेटिभ आएको हो ।

जसमध्ये काठमाडौँ उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा ६७, भक्तपुरमा १० र ललितपुरमा १० जना गरी उपत्यकामा ८७ जना थपिएका छन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या १० हजार ९० रहेको छ ।

त्यसैगरी आज कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ । आइसीयूमा १०५र भेन्टीलेटरमा १९ जना संक्रमित उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *