राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा जिका, चिकनगुनिया र डेङ्गु भाइरसको पीसीआर परीक्षण सुरु

काठमाडौँ, १० फागुन । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले आजबाट जिका, चिकनगुनिया र डेङ्गु भाइरसको पीसीआर परीक्षण सेवा समेत सुरु गरेको छ । यसअघि त्यहाँ कोभिड १९ को पीसीआर परीक्षण हुँदै आएको थियो ।

प्रयोगशालाकी निर्देशक डा रुणा झाले आजबाट तीन वटा भाइरसको पीसीआर परीक्षण सुरु गरिएको भन्दै तत्कालका लागि ती सबै परीक्षण निशुल्क रहेको बताएकी छन् ।

डेंगु भाइसर सार्ने एडिस एजिप्टाई र एडिस एल्बोपिक्टस लामखुट्टे अहिले देशका सबै जिल्लामा देखिएको छ । यो लामखुट्टेले जिका भाइरस तथा चिकनगुनिया पनि सार्न सक्ने विज्ञहरुले बताएका छन् ।

नेपालमा अहिलेसम्म डेंगु र चिकनगुनिया देखिए पनि जीका भाइरस देखिएको छैन ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *