एघारौँ तहका ८ जना डाक्टरको जिम्मेवारी हेरफेर, मन्त्रालयको नीति योजनामा डा. पौडेल, कान्तिको निर्देशकमा डा. बसौला

काठमाडौँ, ४ फागुन । स्वास्थ्य मन्त्रालयले एघारौँ तहका स्वास्थ्यकर्मीहरुको सरुवा गरेको छ । स्वास्थ्य मन्त्री विरोध खतिवडाले मंगलबार मन्त्रीस्तरीय निर्णय गर्दै ८ जना एघारौ तहका चिकित्सकको जिम्मेवारी हेरफेर गरेका हुन् ।

मन्त्रालय स्रोतका अनुसार यसअघि स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख रहेका डा कृष्ण पौडेललाई मन्त्रालयमा रिक्त रहेको नीति योजना महाशाखाको प्रमुख बनाएर ल्याइएको छ । इडिसिडीमा कोशी अस्पतालका मेसु डा चुमनलाल दासलाई ल्याइएको छ । कोशीमा डा यज्ञ खरेललाई निमित्त मेसुको जिम्मेवारी दिइएको छ ।

यस्तै डा सुधा देवकोटालाई राष्ट्रिय एड्स तथा यौनरोग केन्द्रमै फिर्ता गरिएको छ । उनी डेढ महिना अघि केन्द्रीय कारागार अस्पतालमा सरुवा भएकी थिईन । केन्द्रीय कारागार अस्पतालमा डा प्रकाशप्रसाद साहलाई पठाइएको छ ।

यस्तै राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रमा डा यदुचन्द्र घिमिरेलाई ल्याइएको छ । उनी हेटौँडास्थित कीटजन्य रोग अनुसन्धान केन्द्रका प्रमुख थिए । उनको ठाँउमा तालिम केन्द्रमा प्रमुख रहेका केशव पण्डितलाई पठाइएको छ ।

यता राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक डा श्रीराम तिवारी गण्डकीको स्वास्थ्य मन्त्रालयको सचिव भएर गएपछि रिक्त रहेको राष्ट्रिय क्षयरोग केन्द्रमा राष्ट्रिय एड्स तथा यौनरोग केन्द्रका प्रमुख रहेका डा सञ्जय ठाकुरलाई पठाइएको छ ।

यस्तै मन्त्री खतिवडाले कान्ति अस्पतालको निर्देशक समेत परिवर्तन गरेका छन् । कान्ति अस्पतालमा भरतपुर अस्पतालका बरिष्ठ बालरोग विशेषज्ञ डा युवानिधी बसौलालाई कार्यकारी निर्देशक बनाई ल्याइएको छ । त्यहाँ यसअघि डा अजित रायमाझी कार्यकारी निर्देशक थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *