हराएको खोप खोज्दा भेटिनुपर्ने भन्दा झन् बढी भेटियो !

काठमाडौँ, ४ फागुन । सरकारले हराएको भनिएको कोभिडविरुद्धको खोपको खोजी भेटिनुपर्ने भन्दा झन् बढी मात्रा भेटिएको छ । यसले खोप अभियानमा गम्भीर लापरवाही भएको पुष्टि भएको छ ।

स्वास्थ्य सचिव डा रोशन पोखरेलले गत ४ माघमा संसदको शिक्षा तथा स्वास्थ्य समितिमा कोरोना भाइरसको पछिल्लो अवस्था र खोपको प्रगतिबारे जानकारी दिने क्रममा २४ लाख खोपको तथ्यांक नभएको बताएका थिए । उनको भनाई विवादित बन्दै गएपछि स्वास्थ्य मन्त्री विरोध खतिवडाले १५ दिन भित्र प्रतिवेदन दिने गरी १६ माघमा पाँच सदस्यीय छानविन समिति गठन गरेको थियो ।

प्रमुख विशेषज्ञ डा गुणराज लोहनी संयोजक रहेको समितिले तोकिएकै समयमा प्रतिवेदन त बुझायो तर त्यसबाट खोप अभियानमा गम्भीर लापरवाही भएको समेत देखाएको छ ।

समितिले बुझाएको प्रतिवेदनमा हराएको मात्रा होइन बरु हुनु पर्ने खोप भन्दा ४ लाख ५५ हजार ३५५ डोज खोप बढी रहेको देखिएको छ । अझ् यसमा खेर गएको भनिएको ५६ हजार ९०८ डोज खोप समेत जोड्ने हो भने ५ लाख १२ हजार २६३ डोज खोप बढी भेटिएको छ ।

समितिले प्रतिवेदनमा १० डोजको भाइलमा ११ डोज दिँदा यस्तो समस्या आएको बताएको छ । यसले कोभिडविरुद्धको खोप लगाउँदा मात्रा नमिलाई दिईने गरेको तथ्य समेत उजागर गरेको छ ।

तालिमप्राप्त स्वास्थ्यकर्मीहरुले मात्रा समेत नमिलाई खोप दिइरहेको प्रतिवेदन सार्वजनिक हुँदा खोपको तापक्रम कति मिलाइयो होला भनेर समेत आशंक ागर्न थालिएको छ ।

आइसबक्सबाट झिकेर दिनुपर्ने खोप कतिपय केन्द्रमा स्वास्थ्यकर्मीहरुले पहिले झिकेर सुईमा भरेर बाहिरै राखेको समेत खबर आएको थियो । त्यस विषयमा भने छानविन समितिले केही बोलेको छैन् ।

हेर्नुहोस छानविन समितिको प्रतिवेदन

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *