स्वास्थ्यमा प्रशासनको सचिव आउने पक्का

काठमाडौँ, २४ माघ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा अब दुईवटा सचिव रहने भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा जनसंख्या महाशाखा हेर्ने गरी प्रशासन समूहको सचिव पठाउने निर्णय गरको हो ।

स्वास्थ्य यसअघि पनि दुई जना सचिव रहेको मन्त्रालय हो । तर स्वास्थ्यकर्मीहरुले स्वास्थ्य समूहकै एउटै सचिव हुनुपर्ने भन्दै माग गर्दै आएका थिए ।

‘स्वास्थ्यमा दुईवटा सचिवको लागि दरबन्दी छ । बीचमा केही क्षण खालि भएको मात्रै हो । अब चाहि आवश्यक भएको महसुस गरेर नै यो निर्णय भएको हो,’ स्वास्थ्य मन्त्रालय स्रोतले भन्यो ।

सोमबारको बैठकमा सचिव पठाउने निर्णय भएपनि कसलाई पठाउने भनेर नाम तय भइनसकेको जनाइएको छ ।

अहिले स्वास्थ्यमा डा रोशन पोखरेल सचिव छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *