विशेषज्ञ चिकित्सकको लाइसेन्स परीक्षामा ७७ प्रतिशत उत्तीर्ण

584
Shares

काठमाडौँ, २२ माघ । नेपाल मेडिकल काउन्सिलले शुक्रबार (हिजो) र शनिबार (आज) लिएको पोष्टग्राजुएट्स (पीजी) तहको लाइसेन्स परीक्षा (स्पेशल एक्जाम) को नतिजा प्रकाशित गरेको छ । परीक्षामा ७६.७६ प्रतिशत उत्तीर्ण भएका छन् ।

काउन्सिलका रजिष्ट्रार डा कृष्णप्रसाद अधिकारीका अनुसार परीक्षाका लागि फारम भर्ने ७३४ भएपनि परीक्षामा ७२३ जना सहभागी थिए । त्यसमध्ये ५५५ जना पास भएका हुन् । परीक्षामा ११ जना अनुपस्थित थिए ।

परीक्षा पुल्चोकस्थित इन्जिनियरिङ अध्ययन् संस्थानमा भएको थियो ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *