कोभिडविरुद्धको खोप अभियानको एक वर्ष, प्रधानमन्त्री देउवा सन्तुष्ठ

सृजना कंडेल

१४ माघ २०७७ मा बालुवाटारबाट भर्चुअल विधिबाट कोभिड–१९ विरुद्धको खोप शुभारम्भ गर्दै तत्कालिन प्रम ओली

काठमाडौँ, १४ माघ । नेपालमा कोरोनाभाइरसविरुद्ध खोप अभियान सुरु भएको आज एक बर्ष पुरा भएको छ । गत बर्ष १४ माघका दिन तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी निवास बालुवाटारबाट भर्च्युअल माध्यमबाट कोभिडविरुद्धको खोप अभियानको शुभारम्भ गरेका थिए ।

विश्वमा कोभिडविरुद्धको खोप अभियान शुरु भएको डेढ महिना भित्रै नेपालमा पनि खोप अभियान सुरु भएको थियो । सार्क राष्ट्रमा नेपाल कोरोनाबिरुद्ध खोप शुरु हुने दोस्रो देश पनि हो । यसअघि भारतमा मात्रै यो खोप लगाइएको थियो ।

त्यसबेला भारत सरकारले अनुदानमा दिएको १० लाख डोज कोभिसिल्ड खोपबाट नेपालले खोप अभियान सुरु गरेको थियो । त्यसयताको एक वर्ष अवधीमा देशभर तीन करोडभन्दा बढी डोज खोप लगाइसकेको छ ।

वर्तमान सरकारले खोप अभियानलाई पहिलो प्राथमिकता रहेको जनाएको छ । खोप अहिले हरेक स्थानीय तहमा लगाउने अभियान जारी छ। एक वर्ष पुरा नहुँदै देशमा अतिरिक्त मात्रा अर्थात बुस्टर डोजसमेत लगाउन थालिएको छ ।

अग्रपंक्तिमा खटिने कर्मचरीहरुलाई खोप लगाएर सुरुवात गरेको अभियानको एक वर्ष पुरा हुँदा १२ वर्षभन्दा माथि उमेर समूहकालाई लगाइएको छ । यसबीचमा ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई पनि खोप लगाउने तयारीमा सरकार जुटिसकेको छ ।

एक बर्षमा कति डोज खोप लगाइयो ?

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकमा नेपालमा बिहीबार अपरान्हसम्ममा तीन करोड चार लाख ७५ हजार ५८९ डोज खोप लगाइएको छ ।

त्यसमा एक करोड ६४ लाख ५८ हजार ४७५ जनाले पहिलो मात्रा, एक करोड ३७ लाख ३४ हजार ३९० जनाले पूर्ण मात्रा र दुई लाख ८२ हजार ७२४ अतिरिक्त मात्रा लगाइएको छ ।

यसबीचमा चार करोड २० लाख ४९ हजार ६४० डोज खोप आएको छ । त्यसमध्ये तीन करोड चार लाख ७५ हजार ५८९ डोज भने लगाइसकिएको छ । हिसावले एक करोड १५ लाख ७४ हजार ५१ डोज खोप बाँकी रहेको देखिएको छ । तर यसमध्ये केही खोप खेर गएको र केहीको तथ्यांक नआएको मन्त्रालयका अधिकारीहरुले बताएका छन् ।

यसैबीच प्रधानमन्त्री शेरबहादुर देउवाले पछिल्लो समय खोप अभियानले तिब्रता पाएको भन्दै स्वास्थ्यकर्मीहरुलाई धन्यवाद दिएका छन् । देउवाका स्वास्थ्य विज्ञ सल्लाहकार डा आरपी बिच्छाले शुक्रबार नेपाली हेल्थसंगै कुरा गर्दै प्रधानमन्त्री देउवा खोप अभियान प्रति सन्तुष्ठ रहेको बताए । ‘उहाँ खुशी हुनुहुन्छ र स्वास्थ्यकर्मीहरुलाई ध्यान दिनु भएको छ । खोप अभियान लक्ष्य अनुरुप चलेको भन्दै चैतसम्ममा पूर्ण खोप लगाईसक्ने बताउनु भएको छ,’ डा बिच्छाले भने ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *