नेपालको नयाँ जनसंख्या २ करोड ९१ लाख ९२ हजार

काठमाडौं, १२ माघ ।  नेपालको नयाँ जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको छ ।

बुधबार केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको २०७८ को जनगणनाको प्रारम्भिक नतिजाले १० वर्षमा करीब २७ लाख बढेको देखिएको छ ।

विसं २०६८ सालको जनगणनामा नेपालको जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५०४ थियो ।

यसपटकको जनगणनाले नेपालको जनसंख्या वृद्धिदर ०.९३ प्रतिशत भएको देखाएको छ । यो सन् १९९८ पछिको सबैभन्दा न्यून हो।

सन् १९९८ देखिपछिका सबै जनगणनामा नेपालको जनसंख्याको बढेको छ। वृद्धिदर १ प्रतिशतभन्दा कम भएको यसैपालि हो।

नेपालमा पुरूषभन्दा ६ लाख बढी महिला रहेको प्रारम्भिक तथ्यांकले देखाएको छ ।

नेपालमा अहिले पुरूषको संख्या १ करोड ४२ लाख ९१ हजार ३ सय ११ छ भने महिलाको संख्या १ करोड ४९ लाख १हजार १ सय ६९ छ।

नेपालमा जनघनत्व १९८ जना प्रतिवर्ग किलोमिटर छ । विभागका अनुसार विदेशमा बसोबास गर्ने नेपालीको संख्या २१ लाख ६९ हजार ४७८ छ ।

 

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *