चीनबाट थप ४० लाख र बेलायतबाट २१ लाख डोज कोभिडविरुद्धको खोप अनुदानमा आउँदै

काठमाडौँ, ११ माघ । नेपालले चीन र बेलायतबाट थप ६१ लाख कोभिडविरुद्धको खोप अनुदानमा प्राप्त गर्ने भएको छ । कोभिडविरुद्धको खोप अभियानलाई सघाउन चीनले ४० लाख डोज साइनोभ्याक र बेलायतले २१ लाख डोज एस्ट्राजेनेका खोप नेपाललाई उपलव्ध गराउने भएको हो ।

बेलायतले दिने एस्ट्राजेनेका खोप नेपालमा प्रयोगमा आइसकेको भएपनि चीनले दिन लागेको साइनोभ्याक खोप भने नेपालका लागि नयाँ हो ।

‘बेलायतबाट एस्ट्राजेनेका खोप यसै साता आइपुग्छ होला । जनवरीको अन्तिमसम्म पठाउने भन्ने कुरा छ । चीनबाट पनि मिति एकीन नभएपनि अब छिटै नै साइनोभ्याक खोप आउँदैछ,’ स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्थापन शाखा प्रमुख सुरेन्द्र चौरसियाले भने ।

साइनोभ्याक पहिलो पटक ल्याउनका लागि औषधि व्यवस्था विभागले पनि आपतकालिन प्रयोगको लागि अनुमति दिएको छ । ‘पहिले ०.५ एमएलको सिंगल डोजका लागि अनुमति थियो । अहिले १ एमएलको डवल डोजको लागि अनुमति आएको छ । अब १ एमएलको डवल डोजवाला खोप आउँदैछ,’ चौरसियाले भने ।

उनका अनुसार यो खोप भेरोसेल जस्तै हो । पहिलो डोज भेरोसेल लगाएकाले दोस्रो डोजको रुपमा साइनोभ्याक प्रयोग गर्न सकिने समेत उनले बताए ।

नेपालको खोप अभियानलाई सहयोग गर्नेमा चीन सबैभन्दा अघि छ । त्यसपछि बेलायत र अन्यदेशहरुले पनि सहयोग गर्दै आइरहेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *